आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डाँका चोरीमा संलग्न तीन जना पक्राउ

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । डाँका चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बाजुरा त्रिवेणी नगरपालिका–७ घर भई काठमाडौं बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

ललितपुर महानगरपालिका–१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट साउन २९ गते दिउँसो मोबाइल ४ थान, ल्यापटप १ थान, गेम बक्स १ थान, २ तोला बराबरको सुनको सिक्री २ थान डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६९ प २८४७ नम्बर र बा.७५ प ६३१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।