बारा । कोल्हबी नगरपालिका–११ खगदेस्थित सडकमा तामागढीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्र.०२–०३ ०१ च ४९२० नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया टोल बस्ने ४५ वर्षीय अधिकारी यादवको आइतबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै एलएस न्यूरो अस्पताल गण्डक बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।