आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

रिभल्बर र ६ राउण्ड गोली सहित एक जना पक्राउ

शुक्रबार, भाद्र १४ २०८१

सिन्धुली । कमलामाई नगरपालिका–१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ।

भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।