आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

शुक्रबार, भाद्र १४ २०८१

रसुवा । कालिका गाउँपालिका–१ ग्राङबाट सुन जस्तो देखिने पहेलो धातु करिब ३ सय ३४ ग्राम सहित गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने २७ वर्षीय पेम्बा छोवाङ तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ५७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।