३४ अंकले बढ्दा २३ अर्ब भन्दा बढीको शेयर किनबेच
काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन आठ दशमलव १८ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ३४ दशमलव २९ अंकले बढेर २९ सय ५७ दशमलव ७५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले बढेर पाँच सय १९ दशमलव ४९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४४४ हजार १९ पटकको कारोबारमा पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा जीवन बीमा समुहको सुचक १३ दशमलव ३२ अंकले घटेर १४ हजार आठ सय २५ दशमलव ५६ अंकमा झरेकोमा लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समृहको सुचक भने ११ दशमलव ४० अंकले बढेर १५ सय ९४ दशमलव ७५ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि एक सय ६९ दशमलव ९७ अंकले बढेर पाँच हजार छ सय ८९ दशमलव ६१ अंकमा पुगेको छ । फाईनान्स समुहको सुुचक पनि दुई सय ८२ दशमलव ९६ अंकले बढेर तीन हजार नौं सय ६९ दशमलव ९० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ७० दशमलव ८६ अंकले बढेर तीन हजार सात सय ७९ दशमलव ५१ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुुचक पनि एक सय पाँच दशमलव १७ अंकले बढेर १४ हजार दुई सय २९ दशमलव ४४ अंकमा पुगेकोमा होटल तथा पयर्टन, लगानी, अन्य र व्यापार समुहको सुुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मन्दाकिनी हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।