आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आईपीएलमा आज : उपाधि यात्रालाई बलियो बनाउन हैदराबाद र लखनउ दबाबमा खेल्दै

बुधबार, बैशाख २६ २०८१

काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज सनराइजर्स हैदराबाद र लखनउ सुपरजाइन्ट्सबिच हुनेछ। खेल हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ।

जारी सिजनको आईपिएलमा आजको ५७ औं खेल हो । आजको खेल सनराइजर्स हैदराबाद र लखनउ सुपरजाइन्ट्स दुबैको १२औँ खेल हो।

दुवै टोलीले खेलिएका ११ खेलमध्ये ६ मा जित र ५ हार बेहोरेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो स्थानमा र लखनउ पाँचौँ स्थानमा छ । आजको खेल जित्ने टोलीको छनोट हुने सम्भावना बढ्नेछ।
आईपीएलमा हैदराबादले अहिलेसम्म लखनउलाई हराउन सकेको छैन । हैदराबाद र लखनउबिच लिगमा हालसम्म ३ खेल भइसकेका छन् । लखनउले सबै जितेको छ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक खेल भएको थियो । जसमा लखनउ ७ विकेटले विजयी भयो।

जारी सिजनको आईपीएलमा हैदराबाद र लखनउ सुपरजाइन्ट्सबिच हुने आजको खेल पहिलो खेल हो।