आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गरिमा विकास बैंकद्धारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

सोमबार, फाल्गुन २८ २०८०

काठमाडौं-

“वित्तीय जागरण, आजको आवश्यकता” लाई मूल नारा बनाउँदै आएको गरिमा विकास बैंक लि. द्वारा ब्लु डायमण्ड सोसाईटीका समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखा द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन,डिजिटल फ्रड बारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राजभण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरू को उपस्थिती रहेको थियो । ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

Respected Sir/Ma’am,

Greetings from Garima Bikas Bank!

 

Kindly request you to find the attached Press Release of Garima Bikas Bank Ltd. We will be delighted if you could manage to publish/broadcast this news from your reputed media.

 

Thank You !!!

 

Regards,

Corporate Affairs Department

Garima Bikas Bank Limited

 

Garima Bikas Bank <garimabank2020@gmail.com>  
to: departmentdrm@gmail.com