शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्र बैंक भन्छ, सात महिनामा आठ खर्ब ११ अर्बको व्यापार घाटा भयो

आइतबार, फाल्गुन २७ २०८०

नेपालले पछिल्लो सात महिनामा आठ खर्ब भन्दा बढीको बैदेशिक व्यापार घाटा बेहोरेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनाको प्रतिवेदन अनुसार कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेर आठ खर्ब ११ अर्ब ११ करोड रुपैंयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८ दशमलव सात प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनामा कुल वस्तु निर्यात सात दशमलव एक प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११ दशमलव तीन प्रतिशत र दुई प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात तीन सय ३८ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात दुई दशमलव तीन प्रतिशतले कमी आई आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव नौं प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २३ दशमलव आठ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८ दशमलव चार प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।समीक्षा अवधिमा निर्यात– आयात अनुपात नौं दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव दुई प्रतिशत रहेको थियो । ज्ञद्द। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।

राष्ट्र बैंकका अनुसार वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव चार प्रतिशत र ४३ दशमलव चार प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३ दशमलव नौं प्रतिशत, शुन्य दशमलव ५३ प्रतिशत र ४५ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव नौं प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव एक प्रतिशत, आठ दशमलव छ प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।