शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

५० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री मंगलबार

बिहिबार, फाल्गुन २४ २०८०

काठमाडा-

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्न लागेको छ । फागुन २४ गते बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत्र आठ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।