काठमाडौं । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ ।
प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।