शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

मंगलबार, फाल्गुन ८ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए।

आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।