काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २७ करोड ८० लाख ३६ हजार आठ सय २२ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३१ करोड ६० लाख ४६ हजार एक सय ९६ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सय रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ५३ अर्ब चार करोड तीन लाख ३९ हजार चार सय २३ रुपैंयाँ निक्षेप संकलन गरी ४० अर्ब ५० करोड ८७ लाख १० हजार आठ सय ९२ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८९ करोड २४ लाख छ हजार आठ सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ८३ लाख ६१ हजार नौं सय २० रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५१ अर्ब ४९ करोड ६४ लाख ३३ हजार दुई सय २१ रुपैंयाँ निक्षेप संकलन गरी ३७ अर्ब १४ करोड २९ लाख ६१ हजार छ सय ९२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब चार करोड ४१ लाख ६१ हजार पाँच सय ९८ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा १० करोड ८० लाख ४१ हजार १७ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९८ प्रतिशत रहेको थियो ।