आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

बुधबार, पुष ११ २०८०

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी छ। बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो।

केही बेरअघि सुरू भएको बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ।

पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत अदालतको पक्राउ पूर्जी जारी भएका नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि बैठकमा सहभागी छन् ।