शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गगन थापाले मागे माफी

बुधबार, पुष ४ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनमा लापरबाही भएको भन्दै माफी मागेका छन् ।

जिल्लाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकाप्रति उनले माफी मागेका हुन् ।

नगरपालिकाका भवनमा नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि महामन्त्री थापाको आलोचना भएको थियो ।

साेही विषयमा माफी माग्दै उनले सामाजिक सन्जालमा लेखेका छन् ।