काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न पाउने भएका छन् । चुनावमा भाग लिन १२ दलले निवेदन दिएका छन्।
दर्ता भएका सबै दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने भएको निर्वाचन आयोगले जनाएको छ ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।