आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धान्नै गाह्रो भो हाकिमहरूलाई

बिहिबार, मंसिर २८ २०८०

सशस्त्र प्रहरीको गुल्ममा बारम्बार हुने माथिल्लो तहको निरीक्षणले कार्यसम्पादनमा नकारात्मक असर पुगेको गुनासो सम्बन्धित अधिकृतहरूले गरेका छन् ।

हेडक्वार्टर, बाहिनी र गणबाट निरीक्षणका क्रममा हुने खर्च र खातिरदारीका कारण समस्या परेको हो । हल्चोकले वर्षको कम्तिमा ३ पटक नियमित गुल्म निरीक्षण गर्ने, बाहिनीपति पनि एक दुई महिनाको अन्तरालमा आइरहने र गुल्मको हालचाल बुझ्न एसएसपी महिनैपिच्छे धाउने भएपछि माथिल्लो तहका हाकिमहरूको खातिरदारीको खर्च व्यहोर्न कठिन भएको छ ।

निरीक्षण टोलीलाई स्वागत गर्ने, ख्वाउने पियाउने, सवारी साधनमा तेल हाल्ने, सके उपहार पनि दिनुपर्ने, गुल्मभित्र बस्ने उपयुक्त सुविधा नभएकाले राम्रो होटल बुकिङ गरी राख्नुपर्ने बाध्यता भएपछि गुल्मपतिहरूको रोइकराइ शुरु भएको छ । यस्तो खर्च गर्न बजेट नहुने र अख्तियारी पनि नहुने भएपछि तलव जति हाकिम रिझाउँदै खर्च हुने अवस्था रहेको छ ।

हालै मात्र मेचीदेखि महाकालीसम्का शिक्षालयको निरीक्षण सकेर डिआइजी गणेश ठाडा मगर काठमाडौं छन् । उनीसँग एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टर गरी ६ जना उच्च अधिकृतको टोली सम्मिलित थियो । सो टोलीलाई सशस्त्र प्रहरी महानिरीषकबाट सकेसम्म बाहिर होटल वा अन्यत्र नबस्न, गुल्म वा शिक्षालयभित्रै बस्न उर्दी जारी भएको थियो । तर पूर्व क्षेत्रको निरीक्षणपछि मध्यक्षेत्र घुम्ने क्रममा टोलीका केही सदस्यले वीरगञ्जमा आइजिपीको निर्देशन नाघेको बताइन्छ । – भुक्तभोगी लेखापालहरु