आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोइरालाले बोलाए आफ्नो समूहको बैठक

सोमबार, मंसिर २५ २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मंसिर २६ गते आफ्नो समूहको बैठक बोलाएका छन् ।

आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाहरूका विषयमा छलफल गर्न भन्दै कोइरालाले इतरपक्षका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र महाधिवेशनमा पदाधिकारीका प्रत्याशीसहितलाई बोलाएका हुन् ।

कोइराला पक्षका एक नेताले दिएको जानकारी अनुसार बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदहरूलाई बोलाएका छन् । तर, कोइरालाले आफ्नो टिमबाट निर्वाचन महामन्त्री गगन थापासँग यो बैठकको बारेमा सल्लाह गरेका छैनन् ।

कोशीमा नेता कोइरालाले विद्रोह गरेपछि गगनसँग संवादहीनताको अवस्था छ । दुई महिनाअघि कोइरालाको बलमा कोशीमा केदार कार्की पार्टीभित्रै ‘विद्रोह’ गरेर मुख्यमन्त्री नियुक्ति भएका थिए । त्यसै प्रकरणलाई लिएर थापाले सार्वजनिक रूपमै कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

कांग्रेसको महासमितिको बैठक पनि पुस १६ देखि १९ ललितपुरको गोदावरीमा बस्ने तय भएको छ। बैठकको आन्तरिक तयारी सुरु भए पनि सभापति शेरबहादुर देउवा भने उदासीन छन् । देउवाले यो बैठक सार्ने पार्टीभित्र प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठक राख्न पनि आलटाल गरिरहेका छन्।