बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रेस चौतारीको केन्द्रीय समिति बैठक आजदेखि दार्चुलामा

मंगलबार, मंसिर १२ २०८०

काठमाडौं। प्रेस चौतारीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ।

दार्चुला जिल्लामा आजदेखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ।

सदरमुकाम खलंगामा हुने उक्त बैठकमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन्।

नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रीय समिति बैठक बोलाएको हो।

सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुँदैछ।