काठमाडौं । आफ्नै घरमा नजरबन्दमा परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ करोड दुर्गा प्रसाईंहरु जन्मिसकेको बताएका छन् ।
आज विहान आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मलाई एरेस्ट गरेर केही हुन्न ३ करोड दुर्गा प्रसाईंहरु जन्मिसकेका छन् ।’ आफूले गरिव सर्वहरा भुइँमान्छेका लागि विद्रोह गरेको उनले बताए । आन्दोलनमा आएका महिलाहरुलाई आफूसँगै उभ्याउँदै उनले यस्ता महिलाको हकहितका लागि आफूले विद्रोह थालेको बताउँदै आफूलाई एरेस्ट गर्न लागिएको उनले बताए ।
उनले आफू नागरिक बचाउन आएको भन्दै काठमाडौंवासी नेवारी समूदायलाई आफ्नो अभियानलाई साथ दिन अनुरोध समेत गरे । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने रु’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’
आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने बताउँदै उनले यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न आह्वान गरे ।
आजको आर्कक्रम तीनकुनेबाटै हुने उद्घोष गर्दै एउटा कमाण्डरलाई नजरवन्द गरिएपछि विद्रोह जताततैबाट हुने पनि उनले बताए ।