आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादीका ज्वाइँले चर्कियो विवाद !

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं – कुनै बेला माओवादी केन्द्रभित्र आर्थिक अपचलन गर्नेमध्ये एक भनेर धनबहादुर मास्की केही वर्षअघि करोड जरिवान तिर्ने नेतामा पर्छन् । अमिक शेरचन नेतृत्वको आयोगले माओवादीभित्रको आर्थिक विवादमा तानिएका विषयमा अध्ययन गर्दा मास्की पनि परेका थिए । विभिन्न तस्करीका घटनामा उनको नाम जोडिने गरेको थियो । त्यसैले, छानबिनमा उनी दोषी देखिएर जरिवान तिराईएको थियो ।

अहिले लुम्बिनी प्रदेश सरकारको अर्थमन्त्री भएपछि फेरि विवादमा परेका छन् । आफ्ना भाञ्जेज्वाइँ दीपक शाहलाई राजनीतिक नियुक्ति दिलाउने क्रममा उनी विवादमा परेका हुन् । मास्कीले ज्वाइँलाई नियुक्ति दिलाउने कुरा त ठिकै थियो तर मुख्यमन्त्री नभएको मौका छोपेर क्याबिनेट वैठक नै राखे । तिहार विदाको ठिक अघिको मौका पारेर उनले ज्वाइँलाई नियुक्ति दिलाए ।

मुख्यमन्त्री चौधरी र विभागिय मन्त्री नभएको मौका पारेरक्याबिनेट बैठक राखी ज्वाइँलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरे । मुख्यमन्त्री डिल्ली चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल काम विशेषले अमेरिका भ्रमणमा गएको बेलामा कार्यबाहक पाएका थिए मास्कीले । त्यही मौकामा आफ्नो ज्वाइँलाई राजनीकि नियुक्ति दिलाउन उनले क्याबिनेटको बैठक राखेका थिए । स्वास्थ्यमन्त्री खनालको कार्यक्षेत्रसमेत मिचेर मास्कीले ज्वाइँसहित १३ जनालाई विभिन्न अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका हुन् ।

माओवादीभित्र विवादास्पद पृष्ठभूमिका मास्कीले उनीहरुलाई नियुुक्ति दिलाउँदा पार्टीले सिफारिश गरेका व्यक्तिलाई समेत उपेक्षा गरेका थिए । अहिले माओवादी उक्त कारणले चर्को विवाद देखिन थालेको छ । राप्ती प्रादेशिक अस्पताल विकास समितिमा पार्टी कमिटीले शशीकिरण ढकाललाई नियुक्ति गर्न सिफारिश गरेको थियो । तुलसीपुर पार्टी नगरकमिटीले ढकालको नाम सिफारिश गरेर प्रदेशदेखि जिल्ला कमिटीसम्मलाई जानकारी गराएको थियो ।

मास्कीले मुख्यमन्त्री, विभागीय मन्त्री र पार्टीलाई समेत बाइपास गरेर आफ्नो ज्वाइँलाई नियुक्ति दिलाए । कुनै बेला प्रधानमन्त्री प्रचण्डको शक्तिको आडमा अनेककाम गर्ने मास्कीलाई अहिले चाहिँप्रचण्डले के गर्छन् ? भन्ने चासोको विषय बनेको छ । माओवादी सैन्य फाँटमा काम गरेका मास्की अर्थात् राजेशलाई डेपुटी कमाण्डरहरु वर्षमान पुन, जनार्दन शर्माहरुको पनि साथ थियो । अहिले चाहिँपुनको साथ भएपनि शर्माको समूह मास्कीको विरोधमा रहेको छ । मास्कीले डिल्ली चौधरी मुख्यमन्त्री हुनुभन्दाअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा ठूलो हर्कत गरेका थिए । त्यतिबेला पार्टीबाट मन्त्री भएरका जोखबहादुर महराविरुद्ध गुटबन्दी गरेर हस्ताक्षर अभियान नै चलाएका थिए ।

मन्त्री हुन नपाएको झोँकमा उनले गुटबन्दी गरेर हस्ताक्षर अभियान चलाएपछि चौधरीको पालामा पार्टीले मास्कीलाई मन्त्री बनाएको हो । मन्त्री बनाएका मास्कीका हरेक जसो निर्णय विवादमा परेका छन् । अर्थमन्त्रालय हाँकेका मास्कीको भूमिका नै विवादास्पद भएपछि मुख्यमन्त्री चौधरीले नै उनलाई हटाउन सक्छन् कि गठबन्धनभित्र कुरा गर्छन् ? भन्ने जिज्ञासाको विषय पनि भएको छ । साँघु साप्ताहिकबाट