आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एनएमबी बैंकद्धारा धुलिखेल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

बुधबार, भाद्र ६ २०८०

काठमाडौं – एनएमबी बैंकले धुलिखेल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाइका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरणहरू हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको जानकारी दिएको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पु¥याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १४३ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।