बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवनियुक्त आइजिपी कुँवरले लगाए दर्ज्यानी चिन्ह

आइतबार, चैत्र १२ २०७९

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।