जनकपुरधाम । धनुषामा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ भेटिएको छ।
प्रहरीले उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रीना देवीका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी सोमबार मात्रै ससुराली पुगेको बताइएको छ।
घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले दुवै जनाको मृत्युको घटनाबारे अनुसन्धान गरिरहेको छ।