आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री हामीले पाउने समझदारी थियो : प्रचण्ड

सोमबार, पुष ४ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि आफूले सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन्। 

सोमबार बिहानै चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा आफू प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा नराख्ने बताएका हुन्।

 ‘स्वभाविक रुपमा सबैसँग छलफल चलिरखेका छ। तर म  प्रधानमन्त्रीका लागि सबै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले  भने। यसअघि धेरै नेताहरुलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए।

साथै प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताए । उनले लिखित सहमति नभए पनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक सहमति भएको दाबी गरे ।

सरकार गठनको विषयमा गठबन्धनका दलहरूबीच छलफल चलिरहेको बताउँदै उनले बाहिर चर्चा भएजस्तो एमालेसँग तालमेल गरेर सरकारमा जाने स्थिति नभएको प्रस्ट समेत पारे । तर, एमाले लगायतका नयाँ पार्टीसमेत सँग छलफल चलेको उनले स्वीकार गरे ।

आफूले गठबन्धनभित्र औपचारिक रुपमा प्रधानमन्त्रीको दाबी नगरेको बताउँदै उनले भने आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको दोहोर्याए । 
 
प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए।