आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत

सोमबार, पुष ४ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।

आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । 

सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।