आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

धरानका मेयर हर्क साम्पाङले माफी मागे

सोमबार, पुष ४ २०७९

काठमाडौं  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।

सामाजिक सञ्जालमा मेयर साम्पाङले दलित समुदायलाई ठेस पुग्ने शब्द प्रयोग गरेको भन्दै उनको विरोध भइरहेको छ ।

मेयर साम्पाङले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् । गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुस्ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको भन्दै माफी मागेका छन् ।

उनले कसैलाई ठेस पुर्‍याउन नियतवश स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन्।

मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।

1.JPG

दलित आयोगले साम्पाङलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्रालयमा पत्रसमेत पठाएको थियो ।