आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देउवा भेट्न रामचन्द्र सुटुक्क पुगे बालुवाटार

बुधबार, मंसिर २८ २०७९

काठमाडौं । भावी प्रधानमन्त्री को बन्ने भनेर कांग्रेसमा दौडधुप चलिरहेका बेला कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न एक्लै बालुवाटार सुटुक्क छिरेका छन् ।

आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरे ।  गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको बताउँदै उनले अबको प्रधानमन्त्री आफूलाई छोड्न देउवासँग आग्रह गरे । उनीहरु बीच ४५ मिनेट कुराकानी भएको 

पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।

 

देउवाले पौडेललाई ठोस जवाफ नदिएकाे स्रोतले बतायो ।  उनले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।