स्याङ्जा l पुजतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।