आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मकवानपुरमा १० जना मिलेर गाई काटे

मंगलबार, असोज ५ २०७८

मकवानपुर l गौबध गरेको अभियोगमा बकैया गाउँपालिका–११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बकैया गाउँपालिका–११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।