सर्लाही l लालबन्दी नगरपालिका–१ स्थित सडकमा प्र.२–०२–००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–११ बस्ने २७ वर्षीय सुकेश्वबर राय यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।