आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ

आइतबार, असोज ३ २०७८

जाजरकोट l नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित बारेकोट गाउँपालिका–५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ।  

उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी  कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।