पर्सा जिल्लाको बिरगंज महानगरापलिका २ भगुवास्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले करीव २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ जब्दीस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
लुकाई छिपाई राखेको उक्त लत्ताकपडा कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट बरामद गरीएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।