आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ 

शनिबार, भाद्र १९ २०७८

काठमाडौँ l टोखा नगरपालिका–९ बस्ने पाँचथर फिदिम नगरपालिका–१ ठेगाना भएका २७ वर्षीय लक्ष्मी बिकलाई १ सय १९ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन, २ थान मोबाइल, २५ हजार रुपैयाँ र २ थान डिजिटल तराजु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कम्पाउण्डभित्र उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।