आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री ओली भेट्न बालुवाटरमा जसपा अध्यक्ष ठाकुर र नेता महतो

आइतबार, बैशाख २६ २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तटस्थ बस्ने पार्टीको निर्णय रहेको बताएका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा छन्।

ओलीको आग्रहका आधारमा समर्थन गर्न नसक्ने भए तटस्थ बस्ने निर्णय जसपाले लिएको जानकारी गराएका छन्। देउवाले पार्टी विभाजित भएर बन्ने अर्को विकल्पमा नजाने स्पष्ट खाका सुनाएको ओलीसँगको परामर्शका क्रममा दुवै नेताले भनेका छन्।