काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठक बिहान १० बजेका लागि बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।