पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठस्थित देउवा निवास पुगेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत देउवा निवास पुगेका हुन् ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका स्रोतको हुन् ।