आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकले भन्यो, कतारी रियाल बैंक नोटहरु सटही गर्ने अवधि बैशाख २७ गतेसम्म मात्र

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यही बैशाख २७ गतेसम्म आफुसंग भएको कतारी रियाल बैंक नोटहरु सटही गरिसक्न निर्देशन दिएको छ । आज मंगलबार सुचना जारी गर्दे राष्ट्र बैंकले भनेको छ, कतारको केन्द्रिय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथौ संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तीबाट हटाउने निर्णय गरेको हुंदा आफुसंग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गतेभित्र प्रचलित व्यवस्था बमोजिम सटही गरिसक्नु पर्ने छ । यसको लागि राष्ट्र बैकको बैकिङ बिभाग, बैंकिङ कारोवार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, बिदेशी बिनिमय कारोवार गर्न अनुमती पाएका बैंक तथा बित्तीय संस्थाहरु, परिर्वत्य बिदेशी मुद्राको कारोवार गर्ने मनिचेन्जरहरुबाट गर्नु गराउनु हुनको लागि यो सुचना जारी गरिएको हो ।  
उक्त मिती पश्चात भने त्यस्ता बैंक नोटहरु सटही गर्न यस बैंक लगायत ईजाजतपत्रप्राप्त बैंक तथा बित्तीय संस्थाहरु, मनिचेन्जरहरु बाध्य नहुने राष्ट्र बैकले जनाएको छ ।    

Capture.JPG