काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जारी मिती बैशाख सात गते तोकिएको ट्रेजरी खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । ति मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ साउन पाँच गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ कात्र्तिक दुई गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि यही चैत ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।