काठमाडौं । कामना सेवा बिकास बैंकको खुद मुनाफा उल्लेख्यरुपमा बढेको छ । बैकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५८ करोड ६१ लाख ५६ हजार तीन सय ८५ रुपैयाँ खुद मुनाफा कमाएको हो । गत आवको सोही अवधिमा भने बैंकले २१ करोड ५४ लाख ९० हजार चार सय ८० रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुंजी दुुई अर्ब ६५ करोड १९ लाख ६३ हजार सात सय ३२ रुपैयाँ रहेको बैंकले चालुु आवको पछिल्लो अवधिमा ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार २१ रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार सात सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा एक अर्ब सात करोड ७६ लाख ७८ हजार तीन सय ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने भने स्प्रेड दर चार दसमलव ४५ प्रतिसत रहेको छ । बैंकको बितरणयोग्य नाफा भने यस अवधिमा ३८ करोड ८९ लाख ९७ हजार १४ रुपैयाँ रहेको छ ।
बैकले गत आवको सोही अवधिमा भने ३१ अर्ब ९० करोड ५९ लाख ७६ हजार छ सय २४ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड ६० लाख ७८ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८५ करोड ७१ लाख २७ हजार पाँच सय ५१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ३७ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३३ प्रतिसत रहेको बैकले आईतबार सार्वजनिक गरेको बैंकको चालुु आवको तेस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरणमा उल्लेख छ ।