बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले पुुन २१ अर्ब १० करोडको टेजरी जारी गर्ने

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा २१ अर्ब १० करोड रुपैयाँको टेजरी बिल जारी गर्ने भएको छ । 
टेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल टेजरी मध्येमा ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेकाछन । ति मध्ये ९१ दिने टेजरीको परिपक्व हुने अवधि २०७८ असार २२ गते, एक सय ८२ दिने अवधिको टेजरीको परिपक्व हुने अवधि २०७८ असोज १९ गते र तीन सय ६४ दिने टेजरीको परिपक्व हुने अवधि २०७८ साल चैत २२ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यही चैत १७ गते पनि आठ अर्ब १० करोड रुपैयाँ बराबरको टेजरी बिल जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।  

111.JPG