आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

आइतबार, कार्तिक १५ २०८३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेँडा ५० रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेँडा ६० रुपैयाँ कायम भएको छ।

त्यस्तै, रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँ तोकिएको छ।

अन्य तरकारीमा लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ रहेको छ।

घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ९० रुपैयाँ र लौका ५० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, रायोको साग, पालुङ्गो साग र तोरीको साग प्रतिकिलो १०० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ तोकिएको छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। त्यस्तै, कुरिलो ७०० रुपैयाँ, न्युरो ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदिना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ कायम भएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ तोकिएको छ। नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ तथा कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको मूल्य न्यूनतम थोक मूल्य हो। खुद्रा बजारमा भने तरकारी तथा फलफूलको मूल्य फरक हुन सक्छ।