आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आइतबार, कार्तिक १५ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा रहेको छ। पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।

अन्य विदेशी मुद्रामध्ये अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६३ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल ४१ रुपैयाँ ६० पैसा, युएई दिराम ४१ रुपैयाँ २९ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन्।