शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा भने यथावत्

शनिबार, साउन १६ २०८३

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाएको छ। कर्फ्यु हटाइए पनि निषेधाज्ञालाई भने निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यु हटाइएको हो। यसअघि साउन १२ गते राति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको थियो।

कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ।

प्रशासनका अनुसार निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ।

अर्को सूचना जारी नभएसम्म ती क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक र धर्ना गर्न नपाइने प्रशासनले जनाएको छ।