शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

शुक्रबार, साउन १५ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आज स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सो क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका संघर्षमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गरे ।

उनले श्रेष्ठको राष्ट्रप्रतिको समर्पणको सराहना गर्दै उनको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको बताए।