मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

मंगलबार, साउन १२ २०८३

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

समितिको आज बिहान बस्ने बैठकमा ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुब्बाको योग्यता, क्षमता र उपयुक्तताबारे सुनुवाइ गरिनेछ।

यसअघि संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

समितिले सुनुवाइ प्रक्रिया अघि बढाउन यसअघि प्रस्तावित पदाधिकारीविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। आजको सुनुवाइपछि समितिले आफ्नो निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।