आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

बुधबार, साउन ६ २०८३

काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित विजयनगर गाउँपालिका–६ खजहनी बस्ने २६ वर्षीय रन्जित प्रसाद मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका–१० बसपार्क डेरा गरी बस्ने जुम्ला चन्दननाथ नगरपालिका–९ घर भएका १९ वर्षीय तपेन्द्र हमाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–६ के आई सिंह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका–३ मलढुङ घर भएका २० वर्षीय सरोज महरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापाको कन्काई नगरपालिका–५ तारघेरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय पजन मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय प्रविण शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तनहुँको व्यास नगरपालिका–४ कालिका टोलबाट नियन्त्रित लागूऔषध नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारगन २ एम्पुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध व्यास नगरपालिका–४ मस्जिद टोल बस्ने २५ वर्षीय अनिष क्षेत्रीको घरबाट लिएको भन्ने खुल्नासाथ अनिषको घर तलासी गर्दा नोर्फिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल र नाइट्राजेपाम ६३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको सुरूङगा नगरपालिका–२ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–२ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका–५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह समेतबाट खटिएको प्रहरीले बेलौरीबाट कलुवापुरतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्राम सहित सोही उपमहानगरपालिका–७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कटुवा पेस्तोल र लागूऔषध सहित एक जना पक्राउ
विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगर बस्ने ५९ वर्षीय लाल किशोर यादवलाई कटुवा पेस्तोल १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ मिलिग्राम र गाँजा ८ ग्राम ४ सय ८० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पुजा शाही, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने सप्तरी बोदेबरसाईन नगरपालिका–३ घर भएका २० वर्षीय दिपक साह, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही बसबरीया गाउँपालिका–३ घर भएका ४१ वर्षीय जय मंगल प्रसाद निसाद र काठमाडौं महानगरपालिका–३२ बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन्।

पक्राउ मध्ये पुजाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ, दिपकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, जय मंगलले ब्रनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३८ हजार रूपैयाँ र मिनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुजालाई काठमाडौं महानगरपालिका–१२ बाट र दिपकलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बाट सोमबार तथा जय मंगललाई काठमाडौं महानगरपालिका–९ बाट र मिनालाई काठमाडौं महानगरपालिका–३२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

ठगीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरू छुटाईदिने भनि ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिम सुनौल नगरपालिका–७ तर्गौली घर भएका ५९ वर्षीय गोपाल कुमार गुरूङ र काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारद प्रसाद खतिवडा रहेका छन् ।

अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनि ९ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ नारायणथान बस्ने मोरङ लेटाङ नगरपालिका–५ घर भएका २१ वर्षीय दिपेश लिम्बु, काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१ घर भएका १९ वर्षीय अमर भन्ने अर्मस लामा र ललितपुर महालक्ष्मी नगरपालिका–५ इमाडोल बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय अजय लामा रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ पशुपति मार्गस्थितबाट गत जेठ २९ गते सुनचाँदीका गरगहना र नगद तथा काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कान्ति बाल अस्पतालको पार्किङबाट गत असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–४ घर भएका ३८ वर्षीय कृष्ण पुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बासवारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका–८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा से.१ क ११८० नम्बरको टेलरले ग.१८ प ६२१६ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ आमडाली बस्ने ५५ वर्षीय बिनोद अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टेलर चालकलाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–८ वेरियाइस्थित सडकमा बा.प्र ०३–००१ ख ३९१५ नम्बरको ट्रकमा स.७ प २३७ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सुरूङगा नगरपालिका–१ चहका बस्ने ५५ वर्षीय खडक बहादुर आले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पताल रूपनीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा रिफर गरिएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ झमसिङटारस्थित सडकमा हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त ०३९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २२ वर्षीय बिक्रम खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकस्थित सडकमा मधेश प्रदेश ०३–००१ स ९७५६ नम्बरको अटो र बिआर ०६ डिएल ३४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय आमोद ठाकुरको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको शिवान्त अस्पताल चपुरमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–५ जि गाँउस्थित सडकमा बाँसगढीबाट कोहलपुरतर्फ जाँदै गरेको भे.१३ प ४९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।