आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

मंगलबार, जेष्ठ २० २०८२

जनकपुर । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

सोमबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले दलको नेताबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन १० महिनाअघि दाहाललाई पत्र बुझाएका थिए।

प्रदेशका सांसदहरूले उनलाई हटाउन हस्ताक्षर सहितको पत्र दाहाललाई बुझाए पनि मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए।

अध्यक्ष प्रचण्डको निर्देशनपछि साहले दलको नेताबाट राजीनामा दिएको साहनिकट स्रोतले जनाएको छ । यसअघि माओवादी मधेश प्रदेशसभाका सांसदहरूले दलको नेताको हैसियतमा साहले काम गर्न नसकेको भन्दै राजीनामा दिन दबाब दिँदै आएका थिए ।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद छन् ।