आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले सचिवालय बस्दै, ‘भिजिट भिसा’ प्रकरणमा पनि छलफल हुने

आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हाे । एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने अनुमान गरिएको छ ।

यता कांग्रेस भित्रै पनि गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने माग उठिरहेका बेला सरकारको नेतृत्व गरेको दल एमाले सचिवालयमा पनि अध्यागमन ‘भिजिट भिसा’ प्रकरणमा छलफल हुने एमाले नेताहरु बताउँछन् ।

कांग्रेसकै शक्तिशाली नेताहरुले गृहमन्त्रीले आफूलाई निष्पक्ष देखाउन राजीनामा दिँदै छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताइरहेका बेला एमालेका नेताहरुले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छन् ।