आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फेरि उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो आज ?

बुधबार, चैत्र २७ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेका छ ।

अघिल्लो दिन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन २ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो।
चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो।

आज चाँदी पनि बढेको। आज चाँदी तोलमा ५ रुपैयाँले बढेर प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन मंगलबार एक तोला चाँदीको मूल्य १८ सय ३० रुपैयाँ कायम भएको थियो।