काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबादेखि निरन्तर गिरावट आएको सुनको मूल्यले आज पनि सोही क्रमलाई निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो
चैत्र २१ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। सो दिन एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १८सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।